
बझाङ । आर्थिक वर्ष २०७९/०८० को बजेटमा संघीय सरकारले साईपाल गाउँपालिका वडा नम्बर १ र ४ मा खानेपानी योजना निर्माणमा लागि विषेश अनुदान मार्फत ५०/५० लाख बजेट विनियोजन गरेकाे थियाे ।
सुदूरपश्चिम प्रदेश सरकारले पनि वडा नम्बर १ को जिमा विद्युत नहर निर्माणका लागि विषेश अनुदान मार्फत २५ लाख बजेट विनियोजन गरेकाे हाे । केही समय अघि कार्यपालिकाको बैठक बसेर सबै वडालाई सबै योजनाहरूको उपभोक्त समिति गठन गरी कार्य अघि बढाउन भन्दै निर्णय पारित गरेकाे थियाे । सबै वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुलाई जानकारी गराइएकाे छ ।
सोही जानकारीका आधारमा गाउँपालिकाकाे वडा नम्बर ४ का स्थानीयवासीको आम भेलाबाट धुली खानेपानी योजना निर्माण गर्नका लागि उपभोक्त समिति गठन गरेकाे हाे । खानेपानी योजनाको सम्झौता गर्नका लागि धुलीबाट उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषध्यक्ष ३ दिनको पैदल यात्रा गरी सदरमुकाम चैनपुरमा रहेको साेही गाउँपालिकाको सम्पर्क कार्यालयमा पुगे ।
सम्झौता गर्न खोज्दा केही निर्वाचित जनप्रतिनिधिहरुको दबाबका कारण कार्यलयका कर्मचारीले भने सम्झौता गर्न मानेनन् । उल्टै उक्त योजनाहरु टेन्डर प्रकृयाबाट काम अघि बढाउने, नयाँ नियमावली आएको, उपभोत्ता समिति मार्फत काम गर्न मिल्दैन, उपभोक्ता समितिबाट काम गराउदा बेजुरू आउने भन्दै सम्झौता गर्न उनीहरूले आनाकानी गरेका हुन् ।
यो योजनाको मात्र नभई वडा नम्बर १ को काँकरकोट खानेपानी योजना निर्माणका लागी संघिय सरकार मार्फत नै विषेश अनुदान मार्फत विनियोजित ५० लाख र प्रदेश सरकारबाट जिमा विद्युत निर्माणका लागि २५ लाखको सम्झौता गर्न समेत नमानेको उपभोत्ता समितिका पदाधिकारीले बताएका छन् ।
काँकरकोट खानेपानी योजनाका उपभोत्ता समितिका अध्यक्ष देवेन्द्रबहादुर धामीले भन्नुभयाे,-‘सम्झौता गर्न नमानेपछि ३ वटा योजनाको सम्झौता गर्न चैनपुर पुगेका उपभोत्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा अन्य उपभोत्ताहरु मिलेर बुधबार सम्पर्क कार्यालयमा ताला समेत लगायौ ।
विगतका दिनमा विषेश अनुदानका रकमहरुको काम उपभोत्ता समिति मार्फत गर्दै आयौँ । अहिले जनप्रतिनिधि परिवर्तन हुने बित्तिकै सम्झौता गर्न नमान्नेको बताएका । सुरुमा उपभोत्ता समिति गठन गर पनि भन्ने उपभोत्ता समिति गठन गरेर ३/४ दिनको पैदल यात्रा गरेर चैनपुर पुगेपछि हुँदैन पनि भन्ने यसले सामान्य उपभोत्ताहरुलाई दु:ख दिने निहेत पालिकाका निर्वाचित जनप्रतिनिधि र कर्मचारीले गरेको आरोप लगाए ।’
काँकरकोट खानेपानी योजनाको उपभोत्ता समिति कोषाध्यक्ष बन्नुभएकी वड नम्बर २ की भाना बोहराले आफू जस्ता केही नजान्ने ब्यक्तिहरुलाई राजनीतिको नाममा अना आवश्यक दु:ख दिने गरेको दुःख पोख्नुभयाे । उहाँले भन्नुभयाे,- ‘गाउँलेहरुले उपभोत्ता समितिमा बस भन्यो म बसे ।
अब योजनाको सम्झौता गर्न र खाता खोल्नका लागि चैनपुर जान पर्यो भन्दै समितिका अध्यक्ष, सचिव म चैनपुर पुगे । यहाँ पुगेको दश दिन भयो तर अहिलेसम्म सम्झौता हुन सकेको छैन । साथमा १ वर्षको छोरा लिएर कार्यालयमा जाँदा हुदैन भन्छन् । के कारणले हो थाहा छैन । यसै विषयलाई लिएर झनझन ठूलो रुप लिई रहेको छ । गाउँकै जान्ने बुझ्नेहरुका कारण विभिन्न बाहानामा आफूहरुले दु:ख पाए।’

जिमा विद्युतं नहर निर्माण उपभोत्ता समितिकी कोषाध्यक्ष ६१ वर्षीया जोग्यानी कामीले पनि आफूले घरको सम्पूर्ण काम रोकेर ३ दिनभित्र घर फर्किने भन्दै चैनपुर पुगेको हप्ता दिन बढी भएको बताउनुभयाे । उहाँले भन्नुभयाे,- ‘सम्झौताका लागि र खाता खोल्नका लागी चैनपुर पुगे । यहाँ कसैले हुँदैन भन्छन् । कसैले भैहाल्छ भन्छन् । हुने के हो थाहा छैन । होटलमा बस्नु पर्ने अना आवश्यक खर्च मात्रै भएको छ । काम गरेर खाने हामीहरु घरको काम पनि लथालिङ्ग भएको छ । यो सबै राजनीतिको जढ हाे।’
यता निर्वाचित जनप्रतिनिधि वडा नम्बर १ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवत्ता नरेन्द्र धामीले एक लौटी तरिकाले उपभोत्ता समिति गठन गरेको बताउनुभयाे । यसका साथै अन्य उपभोत्ताहरुले पनि यसको विरोध गरेका कारण रोकेको उहाँले बताउनुभयाे ।
गत वैशाखमा सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनमा वडा नम्बर २ र ४ नेपाली कांग्रेस समर्थक जनप्रतिनिधिले जितेको छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष वडा नम्बर १, ३ र ५ नेकपा एमाले समर्थक जनप्रतिनिधिले जितेका छन् । यस विषयमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशिले बिहिबार सामान्य सहमति भएर ताला खोली सकेको र उक्त विवाद सम्बन्धित वडा अध्यक्षले नै मिलाउने सहमति भएको बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्