२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जसपाले बोलायो राजनीतिक समितिको बैठक


104
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले राजनीतिक समितिको बैठक बोलाएको छ ।

आगामी पुस १८ र १९ गतेका लागि बालकुमारीस्थित ज्यापु समाज प्रज्ञा प्रतिष्ठानमा बैठक तय गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयाे।

बैठकका लागि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी समीक्षा, विधान अधिवेशन र पार्टी संगठन तथा आगामी कार्यदिशा गरी तीन एजेण्डामा छलफल हुने छ ।

जसपाले प्रतिनिधिसमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरी १२ सिट प्राप्त गरेको छ ।