१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काभ्रे बस दुर्घटना : एकै परिवारका ८ जनाको सामूहिक अन्त्येष्टि गरिँदै


3.276k
Shares

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका ८ जनाको सामूहिक अन्त्येष्टि गरिँदै छ ।

तामाङ परम्परा अनुसार स्वयम्भूमा सामूहिक अन्त्येष्टि गर्न लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

१७ जनाको मृत्यु हुनेगरी भएको दुर्घटनामा बनेपा नगरपालिका वडा नम्बर ११ का एउटै परिवारका ८ जनाको मृत्यु भएको हो । दुर्घटनामा ७९ वर्षीय निर्मला तामाङ, ४३ वर्षीया हेमा तामाङ, ५५ वर्षीय कुमार तामाङ, ५० वर्षीय आकुर तामाङ, ३० वर्षीय बुद्ध तामाङ, २८ वर्षीया कोपिला तामाङ र वर्षीया मञ्जु तामाङ, ११ वर्षीय पुष्कर तामाङको मृत्यु भएको हो ।

मृतक कुमार तामाङका छोरा राजन तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । वैदेशिक रोजगारीको लागि मलेसिया गएका कुमारको साईलो छोरा जयराम र कान्छो छोरा अमर जापानबाट फर्किएपछि शुक्रबार शव बुझाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिनुभयो ।