२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्याङ्जामा एक जना मजदुरको मृत्यु


390
Shares

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा पर्खाल भत्किंदा एक जना मजदुरको मृत्यु भएको छ ।

साेही नगरपालिका–८ काे डुम्रिकोट–मिर्दी सडक खण्डमा काम गर्ने क्रममा शुक्रबार पर्खाल भत्किंदा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको मृत्यु भएको हो । सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किंदा चेपाङ गम्भीर घाइते भएका थिए ।

चेपाङको उपचारका क्रममा वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक विनोद सुवेदीले जानकारी दिनुभयो ।