
अर्घाखाँची । अर्घाखाँचीमा विगत २ वर्षदेखि अर्घाखाँचीमा २ वर्षपछि हाटबजार सञ्चालनमा आउन नसकेको हाटबजार पुन: सञ्चालनमा आएको छ।
सदरमुकाम सन्धिखर्कको बस पार्कमा लाग्ने हाटबजार कोरोनाका कारण बन्द भएपछि सञ्चालनमा आउन सकेको थिएन् । अर्घाखाँचीमा तरकारी उत्पादन तथा बजारीकरण समूहको पहलमा हाटबजार सञ्चालनमा आएको समूहका अध्यक्ष पुष्करनाथ बन्जाडेले बताउनुभयो । सुरुको चरणमा ४ हप्तासम्म किसानले उत्पादन गरेको कृषिजन्य वस्तुहरु कृषि एम्बुलेन्सबाट नि:शुल्क ढुवानी गरी दिने ब्यवस्था समेत गरिएको उहाँले बताउनुभयो ।
यो सुविधा जिल्लाका टाडाका कृषकको लागि रहेको बन्जाडेकाे भनाइ छ । हाटबजार सञ्चालन गर्ने क्षेत्रमा ४ हप्तासम्म किसानले चार्ज पनि तिर्न नपर्ने उहाँले बताउनुभयाे । शुक्रबार र मंगलबार लाग्ने बजारमा सिजन अनुसारका तरकारी फलफूल लगायतका सामग्री बिक्री हुँदै आएको उहाँले बताउनुभयो। लकडाउनका कारण बन्द रहेको हाटबजारमा सहभागी हुने साना किसानका अनुसार कृषिउपज नष्ट हुने गरेकोमा त्यो अत्य भएको उहाँले बताउनुभयाे ।
बजार सञ्चालनको लागि सन्धिखर्क नगरपालिकाका १/२ काे बसपार्क टोल सुधार समिति र पश्चिम नेपाल बस ब्यवसायी प्रालि समन्वय गरेको हाटबजार सञ्चालनका अभियान्ता सहयोगी बिसीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्