
सिन्धुली । सिन्धुलीकाे ग्रामीण क्षेत्रमा निर्माण भएका झोलुंगे पुलले स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्याउन र आवतजावत गर्न समेत सहज भएको छ ।
जिल्लाका विभिन्न स्थानमा निर्माण भएका करिब १ सयको हाराहारीमा निर्माण भएका स्टीलद्वारा निर्माण भएका झोलुंगे पुलले आवतजावतमा सुविधा भएकाे हाे । साथै स्थानीयवासीकाे जनजीवनमा समेत आमूल परिवर्तन आएको छ । विगतमा सिन्धुलीका दुर्गम तथा पिछडिएका स्थानका खोलाहरुमा पुलको अभावले वर्षायाममा आउने बाढीका कारण कष्टपूर्ण जीवन बिताउदै आएका थिए ।
सिन्धुलीमा निर्माण गरिएका झोलुंगे पुलहरु संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, तात्कालीन जिल्ला विकास समिति, बिबिएलको आर्थिक सहयोगमा अत्यधिक रुपमा निर्माण गरिएका छन् । सिन्धुलीको कमला नदीको भडार र बागमारा जोडन निर्माण गरिएको ३ सय मिटर लामो झोलुंगे पुल जिल्लाकै सबै भन्दा लामो झोलुंगे पुलमा मानिन्छ ।
सिन्धुलीका ग्रामीण तथा पिछडिएका क्षेत्रहरुमा झोलुङगे पुललाई पक्की पुलको विकल्पको रूपमा समेत लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्