१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


धनकुटामा माघमा प्रादेशिक औद्योगिक व्यापार मेला हुने


13
Shares

धनकुटा । धनकुटामा आगामी माघ ६ गतेदेखि १६ गतेसम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी मेला हुने भएकाे छ ।

आयोजक उद्योग वाणिज्य संघ धनकुटाले धनकुटा सदरमुकाममा आज आइतबार पत्रकार सम्मलेल गर्दै यस्ताे जानकारी गराएकाे हाे । ‘कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योगर व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा ११ दिने महोत्सव गर्न लागिएको आयोजक संस्था धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिनुभयाे।

धनकुटासहित प्रदेश कै कृषि, रोजगार, व्यापार पर्यटकीय एव् आर्थिक आर्थिक विकासका सम्भावनालाई दृष्टिगत गरिने समेत उहाँले बताउनुभयाे । साेही क्षेत्रको विभिन्न जिल्लाहरुमा कृषि, व्यापार लगायतका क्षेत्रको विका र पर्यटन क्षेत्रको प्रवर्द्धन र प्रचारप्रसारका लागि सहयोग पुर्याउने उद्धेश्यले प्रदेशिक औद्योगिक व्यापार मेलाकाे आयाेजना गर्न लागिएकाे अध्यक्ष राईले बताउनुभयाे ।

साथै मेलाले एनटिआइएसमा समावेश भएका कृषिजन्य वस्तुको प्रचारप्रसार यस प्रदेशको एतिहासिक, संस्कृतिक परम्परा तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार तथा प्रवर्द्धन साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरुको बजारीकरण अन्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास संस्थाले गरेको छ ।

महोत्सवमा १ सय ५० वटा स्टल रहने र १ सय ३५ वटा स्टलमा प्रदेश- १ का विभिन्न जिल्लाहरुमा उत्पादित वस्तुहरुको प्रदर्शनी र १५ वटा स्टलमा स्थानीय तथा जातीय खानाका परिकार रहने आयोजक उद्योग वाणिज्य संघ धनकुटाका महासचिव रामबहादुर गोङ्गवा तामाङले बताउनुभयाे ।

महोत्सवमा १ लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गनेरू र महोत्सव सम्पन्न गर्नका लागि करिब ७७ लाख लागत लाग्ने भएकाे छ । ५ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको संस्थाले जनाएकाे छ ।