१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


पृथ्वी राजमार्ग अवरूद्ध


169
Shares

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड निर्माणको क्रममा आँबुखैरेनी गाउँपालिका-२ काे खानिखोला पुल नजिकैको सडक भासिंदा सडक अवरूद्ध भएको छ ।

आज (आइतबार) बिहान करिब १० बजेदेखि अवरुद्ध सडकखण्ड हालसम्म पनि मर्मत नहुँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको हाे । राजमार्ग चौडा पार्ने क्रममा सडक भासिंदा पुलमा समेत असर परेको छ । साना सवारी साधनलाई वैकल्पिक बाटोबाट गन्तव्यमा पुग्न मद्दत गरिएको प्रहरीले बताएकाे छ ।

माटो हालेर सडक पुर्ने काम भइरहेको र यातायात सञ्चालन गर्न करिब एक घन्टा लाग्ने इलाका प्रहरी कार्यालय जनाएकाे छ । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिडेका सयौं सवारीसाधन सडकमा नै अलपत्र परेका छन् ।