१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सरगम कौशल बनिन् ‘मिसेस वर्ल्ड २०२२’को विजेता


38.675k
Shares

एजेन्सी । भारतकी सरगम कौशल मिसेस वर्ल्ड सन् २०२२ को विजेता बनेकी छन् ।

यस प्रतियोगितामा विश्वका ६३ देशका महिलाले सहभागिता जनाएका थिए । जसमध्ये सरगम विजेता बनेकी हुन् । मिसेस इन्डिया प्रतियोगिताको आधिकारिक इन्स्टाग्राम यसको घोषणा गरिएको छ । जसमा ताज सरगमलाई लागाइएको क्षणको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै सरगमले- ‘लामो प्रतिक्षाको घडी सकियो, यो ताज २१ वर्षपछि हामीकहाँ फर्किएको छ’ लेखेकी छन् ।

भारतले २१ वर्षपछि मिसेस वर्ल्डको ताज पुनः जितेको छ । जम्मू कश्मीरकी ३२ वर्षीया सरगमले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छिन् । सरगमले विशाखापट्टनममा शिक्षिकाको रुपमा पनि काम गरिसकेकी छिन् । सरगमले सन् २०१८ मा विवाह गरेकी थिइन्, उनका श्रीमान् भारतीय नौसेनामा छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सरगम भन्दा २१ वर्षअघि सन् २००१ मा डा. अदिती गोवित्रीकरले यो उपाधि जितेकी थिइन् । अदिती यो ताज जित्ने पहिलो भारतीय महिला हुन् । अदिति एक अभिनेत्री पिन हुन्, उनले भेजा फ्राई, दे दना दान, स्माइल प्लिज जस्ता धेरै फिल्ममा काम गरिसकेकी छिन् । अदिति सन् २०२२ प्रतियोगितामा निर्णायक सदस्यमा सामेल भएकी थिइन् ।

मिसेस वर्ल्ड संसारको पहिलो यस्तो सौन्दर्य प्रतियोगिता हो, जुन विवाहित महिलाहरूको लागि बनाइएको हो । यो सन् १९८४ मा सुरु भयो । पहिला यसको नाम मिसेस अमेरिका थियो, जुन पछि मिसेस वुमन अफ द वर्ल्ड राखियो । सन् १९८८ मा यसलाई मिसेस वर्ल्डको नाम दिइएको थियो ।

मिसेस वल्र्ड उपाधि जित्ने पहिलो महिला श्रीलंकाकी रोजी सेनायाके थिइन् ।