
काठमाडाैं । नेपाल मन्दिरै मन्दिरको देश भनेर विश्वमा चिनिन्छ । यहाँ हजारौं वर्ष देखिको सभ्यताको केन्द्र रहेका ऐतिहासिक सांस्कृतिक शहर पनि छन् । तर सम्पदा क्षेत्रमा संवेदनशील हुन नसक्दा विकासको नाममा डोजर आतंकले सम्पदाको अस्तित्व समेत संकटमा परेको छ ।
नेपाल हजारौं वर्ष देखि विविध सभ्यताको केन्द्र रहन्दै आएको मुलुक हो । वागमति सभ्यताको रुपमा रहेको नेपाल मण्डल पनि एक महत्वपूर्ण सम्पदा हो ।
यो ऐतिहासिक र सांस्कृतिक शहर कोर सम्पदा क्षेत्र पनि हो। जहाँ सातबटा विश्व सम्पदा समेत रहेको छ । यहाँ लिच्छवीकाल देखिको पुरातात्विक महत्वका राजगृहहरु अझै पता लाग्न सकेको छैन्। तर यही क्षेत्रमा डोजर आतंकले मौलिक सम्पदाको अस्तित्व भने संकटमा परेको छ । सम्पदा क्षेत्रमा संम्वेदनशील हुन नसक्दा र सम्पदा मैत्री विकास कागजमा मात्र सीमित हुदा यस्तो अवस्था आएको हो । जसको पछिल्लो शिकार टोेखाको तलेजु मन्दिर परिसर बनेको छ ।
मन्दिरमा पाटी बनाउने क्रममा डोजरले खन्दा ऐतिहासिक संरचनामा अपूरणीय क्षति हुन पुगेको छ । डोजरले खन्दा खन्दै संरचना देखेपनि काम नरोकिकन जथाभावी डोजरले कोपर्दा संरचना र भग्नावशेष नष्ट भएको छ । यो टोखा दरवारको संरचना हुन सक्ने स्थानीयको भनाई छ । तर पुरातात्विक अनुसन्धान हुन सकेको छैन। यस्तै कान्छो लुँ हितिको रुपमा चिनिएको सुन्धाराको अस्तित्व पनि संकटमा परेको छ ।
सुन्धारा परिसरमा डोजर चलाएर खन्दा यहाँ रहेको सयौ वर्ष पुरानो अग्राख काठको पानी बग्ने नाल र संरचना नष्ट भएको छ । जसले प्राकृतिक रुपमा हितिमा पानी बगाउने संभावनामा ग्रहण लागेको छ । पुनर्निमार्णको नाममा दातृराष्ट्रबाट लिएको अवौं रकम खर्च गरेर नक्कली धरहरा बनिरहन्दा त्यही परिसरमा रहेको हितिको अस्तित्वमा राज्य संवेदनशील हुन सकेको छैन।
भूमिगत पानी संरक्षणपविद् सुशील श्रेष्ठ राज्यसता नै सम्पदा मास्न लागेको हो कि भन्ने शंका गर्नु हुन्छ। देख्दा देख्दै एक ठेकेदारले पुरातात्विक संरचनामा माथिको आदेश विना डोजर चलाउन हिम्मत गर्न नसक्ने उहाँको दावी छ ।
नष्ट भएको अग्राख काठको नाल, ईटा र माटोको अध्ययन मात्र गर्न सके पनि पुर्खाले बनाएको मौलिक भूमिगत पानी प्रणाली बारे बुभ्mने सक्छौं। पोखरी र हितिको लागि नभई नहुने दुर्लभ गठेचा माटो सुन्धारामा पाइनु सुखद पनि भएको भन्दै श्रेष्ठ प्राकृतिक र पुरानो मौलिक प्रविधिबाट हितिमा पानी खसाल्ने आशा पलाएको विश्वास व्यक्त गर्नु हुन्छ।
पुरातात्विक दृष्टिकोणले नेपाल भर्जिनल्यान्ड पनि हो । तसर्थ प्राचिन सभ्यताको केन्द्र ऐतिहासिक र सांस्कृतिक शहरलाई वैज्ञानिक रुपमा व्यवस्थित गर्न जरुरी छ नकि असंवेदनशील भएर विकासको नाममा जथाभावी डोजर चलाउन ।
प्रतिक्रिया दिनुहोस्