१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सहुलियतपूर्ण कर्जा : १ खर्ब ३ अर्ब बराबर लगानी


91
Shares

काठमाडौं । कोभिडका कारण थला परेको विश्व अर्थतन्त्र सामान्य अवस्थामा फर्कन नपाउँदै रुस युक्रेन युद्धको शिकार बन्न पुग्यो ।

विस्तारै तंग्रिन थालेको हाम्रो मुलुक पनि युद्धको प्रभावले महङ्गी र बैकको बढ्दो व्याजदरको चपेटामा पर्न पुग्यो । आयातमा निर्भर नेपाली अर्थतन्त्रमा यसको प्रत्यक्ष असर परिरहेको छ ।

अर्थतन्त्रलाई सामान्य अवस्थामा ल्याउन सरकारले गरेका प्रयास आंशिक रुपमा सफल भए पनि अभै प्रभावकारी बन्न सकेको छैन । व्याजदर बुद्धिको विरोध गर्दै आएका व्यवसायीेले अहिलेसम्म पनि कोभिड महामारीमा प्राप्त गरेको सहुलियतपूर्ण कर्जा अन्र्तगत दुई खर्ब १० अर्ब १२ करोड बक्यौता तिर्न बाँकी छ ।

उक्त समयमा सरकारले दुई प्रतिशत व्याजदरमा उपलब्ध गराएको कर्जा मध्ये कृषि तथा पशुपंछी व्यवसाय तर्फ १ खर्ब ३८ अर्ब ६९ करोड, महिला उद्यमशीलता कर्जा तर्फ ६८ अर्ब ५ करोड र अन्य शिर्षकमा ३ अर्ब ३७ करोड बक्यौता रहेको नेपाल नेपाल राष्ट्र बैकले जनाएको छ ।

कोभिड प्रभावित पर्यटन र घरेलु साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्‍याउन र ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा मध्ये ८५ करोड ९४ लाख उठ्न बाँकी रहेको पनि केन्द्रिय बैकको तथ्याङ्कमा उल्लेख छ ।

यसैबीच, चालु आर्थिक वर्षको कात्तिक मसान्तमा वाणिज्य बैकहरुले सहुलियतपूर्ण कर्जा अन्तर्गत् १ खर्ब २ अर्ब ६० करोड लगानी गरेका राष्ट्र बैंकले जनाएको छ ।