६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


धादिङमा बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु, १४ घाइते


221
Shares

धादिङ । धादिङकाे गजुरी गाउँपालिका-२ काे बिहानी पम्प नजिक यात्रुबाहक बस र माइक्रो बस दुर्घटना भएका छन् ।

मंगलबार भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख २६४४ नम्बरको यात्रुबाहक बस र काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रोबस पृथ्वी राजमार्गको गजुरीकाे बिहानी पम्प नजिक एक-आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ।

यात्रुबाहक बस र माइक्रोबस एक-आपसमा ठोक्किदा अन्य १४ जना घाइते भएकाे प्रहरीले बताएकाे हाे । दुर्घटनामा घाइते भएकाहरूको उद्दार गरी केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गम्भीर घाइते भएकाहरूलाई भने उपचारका लागि काठमाडौं पठाइएको छ ।

साेही दुर्घटनामा परी मृत्यु हुनेको पहिचान नखुलेकाे प्रहरीले बताएकाे छ ।