
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले बुथ क्याप्चर भएको ठाउँमा पनि निर्वाचन नदोहोर्याएर निर्वाचन आयोगले आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको आरोप लगाउनुभयो । एमालेद्वारा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मरेका मान्छेहरुले समेत मत हाल्दा पनि निर्वाचन आयोगले पुनः निर्वाचन गराउन नदिएर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको जिकीर गर्नुभयो । उहाँले आगामी दिनमा निर्वाचन आयोगका त्यस्ता गतिविधिहरुलाई रोक्नैपर्ने बताउनुभयो ।
कार्यक्रममा ओलीलाई सबैभन्दा धेरै लोकप्रिय मत ल्याएको भन्दै सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्