१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


संसदीय दलको नेतामा देउवालाई मेरो समर्थन : रामचन्द्र पौडेल


3.055k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्ने बताउनुभएको छ ।

मंगलबार सिंहदरबारमा संसदीय दलको नेतामा देउवाको प्रस्तावकका रुपमा पुग्नुभएका उहाँले अहिलेको असहज परिस्थितीमा कांग्रेसभित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा प्रश्ताव गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले संसदीय दलको नेतामा सभापति देउवा निर्बिरोध हुने दाबीसमेत गर्नुभयो । तर संस्थापन इतर पक्षबाट पार्टी महामन्त्री गगनकुमार थापा संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ ।

पार्टीका नेता डा. शेखर कोईरालाले युवा पुस्तान्तरणका लागि आफूले गगनलाई सममर्थन गरेको बताउँदै गगनलाई संसदीय दलको नेतामा समर्थन गर्न पार्टीका सांसदहरुलाई आग्रह गर्नुभएको छ । संस्थापन पक्षबाट भने प्रधानमन्त्री एवं पार्टी सभापति देउवा संसदीय दलको नेताका लागि उम्मेदवारी दिन सिंहदरबार पुगिसक्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘अहिलेको असहज परिस्थितीमा नेपाली कांग्रेस भित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले मैले पार्टी सभापति शेरबहादुर देउवालाई संसदिय दलको नेतामा प्रस्ताव गर्ने भएको छु । पार्टी सभापतिलाई संसदीय दलको नेतामा सर्वसहमत चयन गर्न सबैलाई आग्रह गर्दछु ।’

नेता पौडेलले नवनिर्वाचित कांग्रेसका सांसदहरुलाई पार्टी सभापति देउवालाई सर्वसहमत संसदीय दलको नेता चयन गर्न आग्रह समेत गर्नुभयो ।