१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चुनावपछि मुलुकको राजनीतिमा अस्थिरताका खेलहरु सुरु भए : शंकर पोखरेल


78
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यविहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको बताउनुभएको छ ।

मंगलबार नेकपा एमालेले बोलाएको नवनिर्वाचित सांसदहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले तत्कालीन नेकपा भएको बेलामा कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्न जनतामा जाने फैसलालाई सफल बनाउन नदिइएको बताउनुभयो ।

तत्कालनि अवस्थामा नै जनतामा जाने फैसलालाई कार्यान्वयन गरेको भए आजसम्म मुलुकले विकास र समृद्धिको बाटो समातिसकेको हुने बताउनुभयो । उहाँले अहिले मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै शंकटमा पर्ने खालका गतिविधिहरु भइरहेको बताउनुभयो ।

महासचिव पोखरेलले चुनावपछि मुलुकको राजनीतिमा सुरु भएका अस्थिरताका खेलहरुले नेकपा एमालेले अघि सारेका मान्यताहरु सही साबित गरिदिएको बताउनुभयो । उहाँले राष्ट्रिय राजनीतिमा नेकपा एमले बलियो शक्तिका रुपमा स्थापित भइरहेकोपनि बताउनुभयो ।

महासचिव पोखरेलले सबै दलहरु मिलेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई घेराबन्दी गरे पनि जनताले लोकप्रिय मतका साथ आफ्नो नेतामा ओलीलाई नै चुनेको बताउनुभयो ।