८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


कांग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा लैजानुपर्छ : महामन्त्री शर्मा


78
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिएको समय, बदलिएको सोच बमोजिम कांग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा लैजानुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंको एक होटलमा संस्थापन इतर समूहको बैठकमा पुग्नुभएका महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले बदलिएको समय, बदलिएको सोच बमोजिम कांग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा जाने गर्व र खुड्किलोको रुपमा पार्टीका नेता डा. शेखर कोइरालाले युवामा सत्ता पुस्तान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेताको रुपमा प्रस्तावक गर्नु गर्वको विषय भएको बताउनुभयो ।

उहाँले संसदीय दलको नेता बनिसकेर देशलाई नेतृत्व गर्ने भन्ने आकांक्षा सबैमा हुने गरेको भन्दै सत्ता पुस्तान्तरणको पहिलो खुड्किलो डा. कोइरालाले गर्नुभएको बतउनुभयो । उहाँले आदरणीय पार्टी सभापति शेरबहादुर देउवाले पनि कुनै न कुनै किसिमले अर्को उम्मेदवार खडा गर्नुहुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टीले बदलिएको समय, बदलिएको सोच बमोजिम कांग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा जाने गर्व र खुड्किलोको रुपमा महशुस गरेको छु । संसदीय दलको नेता बनिसकेर देशलाई नेतृत्व गर्ने भन्ने आकांक्षा सबैमा हुन्छ नै । यसमा महत्वपूर्ण भुमिका डा. शेखर कोइरालाले निभाउनुभएको छ । उहाँले जुन प्रश्ताव पछिल्लो पुस्तालाई गर्नुभएको छ । आदरणीय पार्टी सभापति शेरबहादुर देउवाले पनि कुनै न कुनै किसिमले अर्को उम्मेदवार खडा गर्नुहुने छ । वैकल्पिक नामलाई प्रश्ताव गर्नुहुने छ । त्यसले राम्रो सन्देश दिन्छ । लोकतान्त्रिक अभ्यासपछि पार्टी एक ठाउँमा उभिएर अहिलेको गठबन्धनलाई सबल बनाएर अघि बढ्ने छ ।’

महामन्त्री शर्माले लोकतान्त्रिक अभ्यासपछि पार्टी एक ठाउँमा उभिएर अहिलेको गठबन्धनलाई सबल बनाएर अघि बढ्ने बताउनुभयो । संस्थापन इतर पक्षबाट महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेता बनाएर अघि बढ्ने सहमति भएको छ ।