२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते


195
Shares

काठमाडौं । सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

छत्रेश्वरी गाउँपालिका–१ दमाचौरदेखि दाङको तुलसीपुर जाँदै गरेको ना ८ ख २५३ नम्बरको बस राप्ती राजमार्गको सिद्धकुमाख गाउँपालिका–१ को पटारेमा मंगलबार दिउँसो दुर्घटना हुँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बसमा ३९ यात्रु रहेका थिए ।