२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


शालिग्रामको खोजी गर्दै सरकारी टोली म्याग्दीमा


3.588k
Shares

म्याग्दी । कालीगण्डकी नदीमा मात्रै पाइने विश्वकै दुर्लभ मानिएको शालिग्राम शीला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइने भएको छ ।

मुस्ताङ र म्याग्दी क्षेत्रको कालीगण्डकी नदीमा शालिग्रामको उत्खनन् र खोजी गर्न सरकारी प्रतिनिधिसहितको टोली म्याग्दी पुगेको हो ।

प्राविधिक सहितको टोलीले म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको शीला निकाल्न असम्भव भएपछि थप माथिल्लो क्षेत्रमा खोजी गरिरहेको छ । यहाँबाट शालिग्राम शीला जनकपुरस्थित जानकी मन्दिरमा लगिने छ ।

मन्त्रिपरिषदको बैंठकले समेत शीला खोजी गरी जनकपुरधाममा लैजान गरिएको प्रस्तावलाई स्वीकृत गरिएको सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गर्नु भएको छ ।

तीनदशक अगाडीसम्म कालिगण्डकी नदीमा अत्याधिक पाइने शीला अहिले सडक सञ्जालको विस्तार, नदीमै राखिएको क्रसर उद्योगको अवैध उत्खनन्लगायत विभिन्न किसिमका मानवीय तथा प्राकृतिक कारणले शालिग्राम लोप हुँदै गएको छ । बेनी नगरपालिकाका मेयर सुरत केसीले शालिग्राम शीलाको खोजीमा आएको टोली शालिग्राम पाइने सम्भावित क्षेत्रमा पुगेको बताउनुभयो ।

कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम हिन्दू धर्मावलम्बीका लागि निकै बहुमुल्य शीला भएपनि नदी दोहनका कारण शीला पाउन मुस्किल भएको टोलीका प्रतिनिधिहरुले बताएका छन् ।