१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


इलामको फाकफोकथुममा खानेपानीकाे चरम अभाव


130
Shares

इलाम । इलामको फाकफोकथुम गाउँपालिकाको शुक्रबारे बजारमा खानेपानीकाे अभाव भएकाे छ ।

जसका कारण साेही बजारमा खानेपानी मुख्य समस्याका रूपमा देखा परेकाे हाे । नजिकै मुहान नभएका हुँदा बजारमा अहिले खानेपानीको चरम अभाव रहेको छ । यहाँका केही घरमा खानेपानीका स-साना कुवाबाट पाइप प्रयोग गरेर ल्याइएको बजार व्यवस्थापन समितिका अध्यक्ष लक्षमण लामिछाने बताउनुभयाे। केही घरले बजार भन्दा तल रहेको धाराबाट बोकेर ल्याउनुपर्ने बाध्यत रहेकाे स्थानीय नेत्र कटुवालले बताउनुभयाे ।

गाउँपालिकाले शुक्रबारे बजारमा मात्र नभई सिँगो वडामानै खानेपानी पुर्यायाउने योजनाका साथ अघि बढेको जनाएको छ । वडा मार्फत शुक्रबारे बजार मात्र नभइ आमचोकका लागि स्थानीय खोलाबाट पानी ल्याइने तयारी भइरहेको फाकफोकथुम गाउँपालिका-३ का वडाध्यक्ष दिपेन्द्र लिम्बुले बताउनुभयाे ।

साविक आमचोकका वडा १ र वडा ३ का लागि स्थानीय नस्वाखोला, वडा ४ र ६ का लागि लुखरूम्बा खोलाबाट पानी ल्याइने भएको छ । त्यस्तै वडा ४ र ५ को माथिल्लो भेगका लागि भने पुरानै नस्वागौडे योजनालाई निरन्तरताका लागि गाउँपालिकाले समन्वय गर्ने वडाध्यक्ष दिपेन्द्र लिम्बुले बताउनुभयो ।