१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


५ वर्षे कार्यकाल सफल भएकाे मुख्यमन्त्री राउतकाे दावी


143
Shares

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ५ वर्षे आफ्नो कार्यकाल सफल रहेको दावी गर्नुभएकाे छ ।

बुधबार उहाँले आफ्नो निवासमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रम बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । शून्यबाट सरकार संचालन गरेकोमा अहिले सुविधा सम्पन्न भइसकेकोमा आउने नयाँ सरकारका लागि समस्या नहुने तर्क गर्नुभयाे ।

आफ्नो कार्यकालको उपलब्धीहरू बताउँदै संघीय सरकारको असहयोगका बावजुद राजनीतिक उपलब्धीको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणलाई प्राथमिकतामा राखि काम गरेको उहाँले बताउनुभयाे । संघीय सरकारको असहयोगका कारण नीति कर्मचारी आभावको समस्या प्रदेश सरकार अहिलेसम्म भोग्दै आएको उहाँले बताउनुभयाे।

संघी सरकारकै कारण प्रदेश प्रहरी ऐन लगायतका कयौं ऐन कार्यान्वयनमा आउन नसकेको उहाँले बताउनुभयाे । विभिन्न चुनौतीका बावजुद प्रदेश र संघीयतालाई सुदृढीकरण गर्नका काम गरेको उहाँकाे दावी छ । मुख्यमन्त्री राउतले मधेश सरकार गठन हुँदा हामीसँग श्रोत साधनको अभाव बताउनुभयाे ।

उहाँले भन्नुभयाे,-‘हामीसँग कार्यालयहरु थिएन । तर हामीले काम गरेर देखायौं । ‘हामीहरुले दर्जनौं ऐनहरु बनायौं, संविधान कार्यान्वयनका लागि संविधानको अनुसूचीमा रहेका प्रदेशलाई दिनुपर्ने अधिकारका लागि लड्यौं ।’

महिला, दलित तथा उत्पीडित समुदायको अधिकारका लागि दर्जनौं ऐनहरू बनाएकाे उहाँले बताउनुभयाे । छोरी विमा कार्यक्रम जारी नै रहेको, दलितहरुको विकासका लागि दलित विकास समिति गठन र दलित सशक्तिकरण ऐन ल्याएकाे उहाँकाे भनाइ छ । साेही कार्यक्रम ल्याउने मधेश प्रदेश पहिलो भएकाे उहाँकाे तर्क छ । जहाँ महिलाहरूलाई ५० प्रतिशत आरक्षण दिएको उहाँकाे भनाइ थियाे ।