२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


देउवा र दाहाल पुगे माधव नेपाललाई भेट्न अस्पताल


1.443k
Shares

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सँगै अस्पताल पुग्नुभएकाे छ ।

उहाँहरुले नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएकाे छ। देउवा आजै मात्र संसदीय दलको निर्वाचनमा निर्वाचित हुनुभएकाे हाे।

रूघाखोकी र छातिमा संक्रमण देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाल स्वास्थ्य लाभ गरिरहनु भएकाे छ ।