२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


कीर्तिमानी आरोही शेर्पालाई सम्मान


39
Shares

काठमाडौं । कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ ।

आरोही शेर्पालाई पर्यटनमन्त्री जीवनराम श्रेष्ठले बुधबार मन्त्रालयमा बोलाएर सम्मान गर्नुभएको हो ।

उहाँले सम्मान स्वरुप एक महिनाको आफ्नोे तलब ७० हजार ७ सय ३० रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो । मन्त्री श्रेष्ठले हिमाल आरोहण गर्नेकुरा कम चुनौतिको विषय नभएको बताउनुभयो ।

उहाँले आरोही शेर्पाले ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल दुई/दुई पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको उपलक्ष्यमा सम्मान गरेको बताउनुभयो । आरोही शेर्पाले अहिलेसम्म ७ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।