१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पुनः मतदान र मतगणनाको रिटमा कारण देखाउ आदेश जारी


1.014k
Shares

काठमाडौं । सर्वोच्च अदालतले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा असन्तुष्टी जनाउँदै पुनः मतदान र मत गणनाको माग गरिएको ८ वटा रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सीन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक ईजलासले प्रारम्भिक सुनुवाई पछि अन्तरिम आदेश दिन अस्विकार गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश दिएको हो ।

विभन्न कारण देखाई झलनाथ खनाल, बलदेव रेग्मी, कर्णबहादुर थापा र लालबहादुर थापालगायतले पुन: मतदान माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।