
web pic
स्याङ्जा । स्याङ्जाको फेदिखोला गाउँपालिका ४ सर्केटारीस्थित निर्माणाधिन अस्पतालबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङ घर भएका ४८ वर्षीय लालबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
लडेर गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुमाल अस्पतालको निर्माणाधिन भवनमा काम गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्