१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवलपुरमा आलु खेती गर्ने किसानको संख्या बढ्यो


78
Shares

नवलपुर । नवलपुरमा आलु खेती गर्ने किसानको संख्या बढेको छ । कृषि ज्ञान केन्द्रले जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको जनाएको छ ।

गत वर्ष भन्दा यो वर्ष जिल्लामा व्यावसायिकरुपले आलु खेती गर्ने किसानको संख्या उल्लेख्य रुपमा बढेको ज्ञानकेन्द्रले जनाएको छ ।

जिल्लाको सबैभन्दा बढि आलु उत्पादन हुने क्षेत्रमा हुप्सेकोट, मध्यविन्दु र गैडाकोट क्षेत्र पर्ने गरेका छन । यो क्षेत्रमा व्यावसायिक रुपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको संख्या अन्य ठाउँको भन्दा बढी रहेको छ ।

किसानले उत्पादन गरेको आलु स्थानीय बजार कावासोती, चोरमारा, नारायणगढ र काठमाडौंसम्म पुग्ने गरेको छ ।