
सोलुखुम्बु । सोलुखुम्बुको नेले बजारमा भएको आगलागीको घटनाका पीडित परिवारलाई थुलुङ दूधकोशी गाउँपालिकाले राहत प्रदान गर्ने भएको छ ।
आगलागीबाट घर पूर्ण क्षति भएकालाई प्रतिपरिवार ५० हजार रुपैयाँ नगद राहत प्रदान गर्ने अध्यक्षस्तरीय निर्णय गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार आंशिक क्षति हुने प्रति परिवारलाई २५ हजार रुपैयाँ दिइने छ ।
मंगलबार साँझ वडा नं. १ को साप्ताहिक हाट नेले बजारमा आगलागी हुँदा चार घर पूर्ण रुपमा नष्ट भएका थिए । दुई घर आंशिक रुपमा नष्ट भएका छन् भने अन्य विभिन्न पसलमा समेत क्षति हुँदा करोडौंको नोक्सान भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, नेपाली कांग्रेस प्रदेस सभा ‘ख’ का सभापति कर्मा शेर्पाले नेलेका अग्नि पीडित परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ । सभापति शेर्पाले आगलागीबाट घरसहित सम्पूर्ण धनमाल गुमाएका चार परिवारलाई घटनास्थल पुगेर प्रतिपरिवार नगद १० हजार रुपैयाँका दरले सहयोग गर्नुभएको हो ।
सहयोग प्राप्त गर्ने अग्नि पीडितहरूमा थुलुङ दुधकोशी गाउँपालिका-१ नेलेका बुद्धिबहादुर बस्नेत, कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेत छन् ।
प्रतिक्रिया दिनुहोस्