२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


उमेर नपुगेकाले २०६४ र २०७२ सालमा राष्ट्रपति पद अस्वीकार गरेको हुँ : अध्यक्ष नेपाल


1.066k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०६४ र २०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रस्ताव गर्दा आफूले नै अस्वीकार गरेको बताउनुभयो ।

उहाँले त्यतिबेला उमेर नपुगेकाले आफूले अस्वीकार गरेको बताउनुभयो । उहाँले आगामी दिनमा राजनीतिले मागेको अवस्थालाई मध्यनजर गरेर आवश्यकताको पद लिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले छलफल प्रारम्भ गरेकै छैनौँ । यो गठबन्धन कायम रहन्छ, पावर शेयरिङ सिद्धान्तको आधारमा परिस्थितिले माग गरेबमोजिम हुने छ । राष्ट्रपति बन्ने आकंक्षा भएको भए २०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रस्ताव भएको थियो । २०७२ मा पार्टीबाट नै प्रस्ताव भएको थियो । मैले अस्वीकार गरेको हो । त्यतिबेला मैले मेरो उमेर पुगेको छैन भनेको हो ।’

अध्यक्ष नेपालले आवश्यक परेको खण्डमा सबै पदका लागि आफू तयार रहेको पनि बताउनुभयो ।