२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आजबाट राजनीतिक रुपमा अर्को जन्म लिएँ : विश्वप्रकाश शर्मा


364
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिलोपटक सांसदको शपथ लिँदा आफूले जनताका विषयहरुलाई गम्भीरताका साथ लिएको बताउनुभयो । उहाँले जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्यहरु अहिले धेरै भइरहेको भन्दै यी कार्यहरुलाई आफूले राजनीतिक जन्मको सुरुवातको रुपमा लिएको बताउनुभयो ।

महामन्त्री शर्माले शपथ लिँदा गौरव गरेजति नै गम्भीरता पनि लिएको बताउनुभयो ।