१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भूमिका खेल्छु : चन्द्र भण्डारी


169
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भूमिका खेल्ने बताउनुभएको छ ।

बिहीबार संघीय संसद भवन परिसरमा शपथग्रहण पछि सञ्चारकर्मीहरुसँग बोल्दै सांसद भण्डारीले आगामी पाँच वर्ष देशमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भूमिका खेल्ने बताउनुभएको हो ।

उहाँले नेपाली युवाहरु विदेशी मुलुकमा जानुपर्ने बाध्यताको अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । सांंसद भण्डारीले विदेशमा रहेको युवाहरुलाई नेपालमा रोजगारीको वातावरण बनाएर स्वदेश ल्याउन प्रयास गर्ने बताउनुभयो । उहाँले देशको अर्थतन्त्र सबल बनाउन नीतिगत रुपमा सुधार गर्ने भुमिका खेल्ने पनि बताउनुभयो ।

उहाँले नेपालका देखिएको स्वास्थ्य उपचारका लागि राज्यले सहजिकरण गराउने विषयमा संसदमा आवाज उठाउने बताउनुभयो । उहाँले पछिल्लो समय देशभित्र देखिएका स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रका समस्या नीतिगत रुपमा समाधानको लागि आवाज उठाउने बताउनुभयो ।