
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रहीतको मुद्दालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ ।
बिहीबार शपथग्रहण पछि संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसद गौतमले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
उहाँले एउटा सांसद मात्रै नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्रहीतको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय रहने बताउनुभयो । उहाँले आफूहरु कानूनी निर्माण गर्ने ठाउँमा आएकाले हरेक नेपाली नागरिकको जनजीविकाको विषयमा संसदमा आवाज उठाउने बताउनुभयो ।
उहाँले तत्काल सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्