११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नयाँ सरकार गठनका लागि शीर्ष नेताहरूको दौडधूप बढ्यो


117
Shares

काठमाडौं । नवनिर्वाचित सांसदहरूले सपथ ग्रहण गरेसँगै नयाँ सरकार गठनका लागि शीर्ष नेताहरूको दौडधूप पनि बढेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि यहि पुस १० गतेसम्मको समय दिएकाले सत्ता साझेदार ३ दलबीच छलफल सुरू भएको हाे । तर प्रधानमन्त्रीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको दावी रहेकाले गठबन्धनमै समस्या आएको छ । बिहिबार साँझ कांग्रेस, माओवादी र नेकपा एसका नेताहरूबीच बालुवाटारमा भएको छलफलबिना निष्कर्ष टुङ्गिएको थियो ।

बिहिबार प्रधानमन्त्री एवं नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । बैठकमा माओवादी अध्यक्ष दाहालले कांग्रेसले सरकार चलाइसकेकाले अब आफूले पालो पाउनु पर्ने अडान राख्नुभएको थियो । कांग्रेसले भने तेस्रो दलललाई कसरी प्रधानमन्त्री दिने भन्ने प्रश्न उठाएको कुरा नमिलेपछि आज शुक्रबार पुनः बस्ने गरी बिहिबारको बैठक टुंगिएको थियाे । ३ जना शीर्ष नेताबीच बिहीबार पनि छलफल हुने भएको छ ।

शुक्रबार प्याकेज डिल गरेर कुरा मिलाउने प्रयास हुने बुझिएको छ ।