१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चार्ल्स शोभराज आज रिहा हुँदै


156
Shares

काठमाडौं । श्रृंखलावद्ध हत्याका लागि विश्व कुख्यात चार्ल्स शोभराजलाई आज शुक्रबार रिहा हुने भएका छन् ।

सर्वोच्च अदालतको अस्तिको आदेश अनुसार बिहिबार नै शोभराजलाई रिहा गर्ने प्रक्रिया सुरू गरिएकोमा प्रक्रिया पूरा नहुँदा शुक्रबार मात्रै रिहा गरिने भएको हो । शुक्रबार कार्यालय खुल्ना साथ शोभराज रिहा हुने भएका छन् । सर्वोच्चले ७८ वर्षीय वृद्ध तथा मुटुको रोगी समेत रहेका शोभराजले तोकिएको २० वर्षे कैद सजायको ९५ प्रतिशत भोगिसकेको भन्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको थियो । शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेका छन् ।

शोभराजमाथि विश्वका विभिन्न स्थानमा २० भन्दा बढी व्यक्तिको हत्या गरेको अभियोग लागेकाे छ । शोभराजले हत्या गरेका अधिकांश महिला भएकाले उनलाई विकिनी किलर भन्ने गरिन्छ । नेपालमा पनि उनले एक अमेरिकी र एक क्यानेडेली महिलाको हत्या गरेका थिए । सोही आरोपमा २०६० सालमा शोभराजलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले उनलाई पक्राउ गरेर सुन्धारास्थित जगन्नाथदेवल कारागारको गोलघरमा राखेको थियो ।