३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


म्यान्चेस्टर सिटी काराबाओ कप फुटबलको क्वाटर फाइनलमा प्रवेश


1.027k
Shares

काठमाडौं । लिभरपुललाई ३–२ ले पारजित गर्दै म्यान्चेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

आफ्नै मैदानमा बिहिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीका लागि अर्लिङ ब्रट हाल्याण्ड, रियाद माहारेज र नाथन आकेले १-१ गोल गरेका हुन् । लिभरपुलका मोहोमद सालाह र कारभालोले दुई गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यो जितसँगै म्यान्चेस्टर सिटीले साउथह्याम्पटन विरूद्धको क्वाटर फाइनल भिडन्त तय गरेको छ ।

काराबाओ कप फुटबलका अन्य क्वाटर फाइनलका खेलहरूमा म्यान्चेस्टर युनाइटेड र चार्लटन एथ्लेटिक, न्युकासल युनाइटेड र लेष्टर सिटी तथा नटिङ्घम फरेष्ट र वुल्भर ह्याम्पटन वान्डरर्स भिड्ने भएका छन् ।