१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बाल गायक सचिन परियार अस्पतालमा भर्ना


19.669k
Shares

काठमाडौं । बाल गायक सचिन परियार अस्पतालमा भर्ना भएका छन् ।

स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको हो । बुधबार अस्पताल भर्ना भएका परियारको स्वास्थ्य अवस्था अहिले पनि सुधार हुन सकेका छैन ।

परियारको स्वास्थ्य अवस्था पीडादायी रहेको उनका आफन्तले बताएका छन् । परियार बोल्न समेत नसक्ने अवस्थामा रहेकाे र खर्चको अभावका कारणले राम्रो उपचार हुन नसकेकाे उनका आफन्तले बताएका हुन् ।

एक युट्युबमा अन्तर्वार्ता दिएर भाइरल भएका परियारले ‘रातो रबर एक’, ‘रूमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छायाँले’ लगायतका गीतहरू गाएका छन् । महानायक राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय समेत गरेका परियारले केही समय हास्य श्रृंखला ‘मेरी बास्सै’ मा पनि अभिनय गरेका थिए ।