
धनकुटा । धनकुटामा पछिल्लो समय टनेल घरभित्र गरिने तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।
विशेष गरी सिंचाई सुविधा नभएको ठाउँमा टनेलभित्र तरकारी खेती सजिलैसँग गर्न सकिने, यस प्रविधिबाट खेती गर्दा बढी मेहनत नपर्ने, रोग तथा किराको प्रकोप पनि कम र उत्पादन लागत घट्ने किसानहरूले बताएका हुन् । टनेल घरभित्र खेती गर्दा हावा, हुरी र असिनाको समेत डर नहुँने किसान बताउँछन् ।
तर टनेल बनाउँन लागत भने धेरै लाग्ने गरेको र आर्थिक अवस्था कमजोर भएकाहरूलाई भने समस्या पर्ने गरेको किसानहरूको भनाइ छ । टनेलभित्र गोल भेंडा, काक्रो र साग लगायतका तरकारी बाली खेती गर्न सकिन्छ ।
तर ठूलो क्षेत्रफलमा गरिने खेतीमा भने टनेल खेती प्रभावकारी नहुने कृषि प्राविधिकहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्