५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


स्याङ्जामा व्यवसायिक पुष्प खेती गर्ने कृषकलाई कृषि सामग्री हस्तान्तरण


104
Shares

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा व्यवसायिक पुष्प खेती सुरू गर्न चाहने कृषकहरूलाई अत्यावश्यक कृषि सामग्री हस्तान्तरण गरिएको छ ।

नगरपालिका र युएनडिपिको सहयोगमा संचालित हरित पुनरूत्थान तथा कोभिड-१९ प्रतिकार्य पहल परियोजना अन्तर्गत ३१ जना कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको हो । कृषकहरूलाई कुटो, कोदालो, फोरूवा, टनेल, स्प्रेयर, नर्सरी ट्रे र दाँते लगायतका सामग्रीका साथै ७ थरी माला तथा सजावटका लागि प्रयोग हुने थरी फूलका बीउहरू प्रदान गरिएको परियोजनाका प्रमुख हरि रेग्मीले जानकारी दिनुभयाे ।

करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको कृषि सामग्री प्रदान गरिएको परियोजना प्रमुख रेग्मीले बताउनुभयाे । भीरकोट नगरपालिकाका प्रमुख गोबिन्द कुमार कर्माचार्यले नगरपालिकामा उद्यमशीलता विकास गर्न र पालिकालाई फूलमा आत्मनिर्भर बनाउन आफू लागि परेको बताउनुभयाे । पुष्प खेती गर्न चाहने कृषकहरूलाई यस अघि नै परियोजनाले तालिम दिइसकेको छ ।

नगरपालिकाको वडा नम्बर २, ४ र ९ मा व्यवसायिक फूल खेती गर्ने गरी कार्यक्रम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।