
म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू-परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको ध्यान खिच्ने गरेको छ ।
मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाहरुको लागि आम्दानीको अमूल्य श्रोत हो ।

धौलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकोले ‘हिमालपारीको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचिन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वका साथ हेरिन्छ ।
पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको समेत प्रमुख गन्तव्य बन्न थालेको छ । यहाँ सबैभन्दा बढी सार्क मुलुक र तेस्रो मुलुकबाट पर्यटकहरु आउने गर्दछन् । पछिल्लो समय आन्तरिक पर्यटकहरुको समेत मुस्ताङमा भीड लागेको छ ।










प्रतिक्रिया दिनुहोस्