७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सिन्धुली महोत्सवमा ५० करोडको आर्थिक कारोबार हुने


208
Shares

सिन्धुली । यहि पुस ८ गतेदेखि संचालन भएकाे छैठौं सिन्धुली महोत्सवमा ५० करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले जनाएको छ ।

साेही महाेत्सव सिन्धुलीकाे सदरमुकाम सिन्धुलीमाडीमा संचालन भइरहेकाे छ । ‘कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरौं, समृद्ध र समुन्नत सिन्धुली निर्माणको लागि अघि बढौं’ भन्ने मूल नाराका साथ सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा याे महोत्सव संचालन गरिएकाे हाे ।

विशेष गरी महोत्सवमा स्थानीय उत्पादनहरूलाई महत्व दिइएको छ । महोत्सवमा सिन्धुलीका स्थानीय कृषि उत्पादन सुन्तला, जुनार तथा कृषि उत्पादन, घरेलु उत्पादनका सामग्रीहरूको प्रदर्शनी तथा बजारीकणलाई बढी महत्व दिएको छ । साेही महोत्सवमा स्थानीय कृषिमा आधारित वस्तुहरु, हस्तकला, घरेलु उद्यमी सामग्री तथा दैनिक उपभोग्य वस्तु र जडीबुटी लगायतका सामग्रीहरू प्रदर्शनीमा राखिएका छन् ।

महोत्सवले जिल्लाको मन्द आर्थिक गतिविधि चलायमान बनाउने स्थानीय उत्पादनको बिक्री वितरण र बजारिकणलाई टेवा पुग्ने अपेक्षा गरिएको छ । साेही महोत्सव पुस १८ गते सम्म संचालन हुने भएकाे छ ।