
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना लगभग समाप्त भएकाे टिप्पणी गर्नुभएकाे छ ।
एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयाेजना गरेकाे कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे ।
साथै उहाँले प्रचण्डले ढिला गरेको समेत बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘पुष्पकमल दाहालजी प्रधनमन्त्रीको इच्छा गरिरहनुभएको छ, मलाइ लाग्छ उहाँले ढिला गर्नुभयो।’
प्रतिक्रिया दिनुहोस्