३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


एमालेलाई सरकारमा जाने जनादेश छैन : बरिष्ठ उपाध्यक्ष पोखरेल


13
Shares

धनकुटा । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनाताले एमालेलाई सरकारमा जाने जनादेश नदिएको बताउनुभएको छ ।

शनिबार धनकुटामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले जनाताले एमालेलाई सरकारमा जाने जनादेश नदिएकोले त्यसको सम्मान गर्ने बताउनुभयो ।

उहाँले वर्तमान गठबन्धन लोकतन्त्र र मुलुकको हितमा नभएको जिकिर गर्नुभयो । उहाँले देशलाई निकास दिनु पर्ने अवस्था आएमा गठबन्धन तोडेर आए नेपाली कांग्रेस र माओवादीसँग सरकारको विषयमा छलफल गर्न सकिने धारणा राख्नुभयो ।

गठबन्धन कायम रहे राजनीतिक अस्थिरता लम्बिने र मुलुकको अर्थतन्त्र थप ओरालो लाग्ने पनि उहाँको दाबी थियो । उहाँले केन्द्रमा जसरी सरकार बन्छ, प्रदेशमा पनि त्यहिअनुसारको समिकरण हुने बताउनुभयो ।