
धनकुटा । प्रदेश-१ काे चर्चित पर्यटकीय क्षेत्र भेडेटारमा अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा खाना महोत्सव आयोजना गरिने भएको छ ।
धनकुटाको भेडेटारमा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक होटल एसोसिएशन भेडेटारले महोत्सव आयोजना हुने जानकारी दिएको हो । यहि पुस १६ गतेदेखि ३ दिनसम्म परिकार महोत्सव गर्ने भएको हो ।
महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला र कृषि तथा घरेलु उत्पादन स्टल रहने भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न पदयात्रा र साइक्लिङ जस्ता खेलको समेत आयोजना गरिने जनाइएकाे छ ।
भेडेटारमा १० औं पटक परिकार महोत्सव हुने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्