
सिन्धुली । सिन्धुलीमा रहेकाे कमलामाई मन्दिरको परिसरका पाटी-पौवाहरू अत्यन्त जीर्ण भएका छन् ।
जसले गर्दा पूजारीहरू तथा भक्तजनहरूलाई बास बस्नका लागि समस्या भएको हाे । साेही मन्दिरकाे हातामा भएका २ वटा पाटीहरू मध्धे एउटा अत्यन्त जीर्ण भएकाे छ । अर्को वर्षायाममा पानी चुहिएका कारण बास बस्न नहुने भएको छ । साेही पाटी पौवाहरुको मर्मत तथा सम्भारका लागि हालसम्म कुनै पनि निकायले चासो नदेखाएका कारण आगामी वर्षायाम भत्कने सम्भावना बढेर गएको छ ।
कमलामाई नगरपालिकाको गौमती र कमला नदीको दोभानमा अवस्थित कमलामाई स्थानमा पवित्र र शुद्व मनले भाकल र पूजा अर्चना गरे पूरा हुने जनविश्वासले टाढाटाढाबाट कमलामाई मन्दिरमा दर्शन गर्न भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।कमलामाई स्थान ऐतिहासिक सिन्धुलीगढीसँग समेत सम्बन्धित मन्दिर मानिन्छ ।
कमलामाई स्थान सुधार तथा व्यवस्थापन समितिका अनुसार मन्दिर तथा पाटी पौवाहरुको जीर्णोद्वार गर्न पूजाको भेटी बाहेक अन्य कुनै स्थायी आय श्रोत नभएकाले सबै भौतिक पूर्वाधारहरु मर्मत सम्भार गर्न गाह्रो परेको छ । मन्दिर हाताभित्र व्यवस्थित धर्मशाला र विवाह मण्डपको अभाव खड्किएता पनि निमार्ण हुन सकेकाे छैन् ।
यसैगरी कमलामाई मन्दिरको हातालाई फराकिलो पार्न तथा मन्दिर आसपासमा अन्य देवीहरुको मठ–मन्दिरहरु निर्माण गर्ने काम समेत अझै हुन सकेका छैनन् । मन्दिर परिसरमा बगैंचा निर्माण गर्नुपर्ने र कमलाखोला र ग्वांग खोलाको कटानबाट मन्दिरलाई संरक्षण गर्न तटबन्धको निर्माण गर्नुपर्ने आवश्यकता देखिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्