२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गठबन्धनमा सहमति नभएपछि माओवादीका नेताहरू एमालेको शरणमा


3.185k
Shares

काठमाडौं । सत्तारूढ दलहरूबीच नयाँ सरकार गठनका लागि बैठक चलिरहेका बेला सहमति नभएपछि नेकपा (माओवादी केन्द्र) का नेताहरू नेकपा (एमाले) को शरणमा पुगेका छन् ।

गठबन्धन बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महासचिव देव गुरूङसहित एमालेसँग संवाद गर्न बालकोटतर्फ जानु भएको छ ।

सत्ता गठबन्धनमा माओवादीले आलोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आउनु भएको थियो । तर, कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने बताएपछि प्रचण्ड ‘अब बालकोट जान्छु’ भन्दै बालुवाटारबाट हिड्नु भएको माओवादीका एक नेताले जानकारी दिनुभयो ।