
बारा । बाराको पथलैयाबाट दुई किलोग्राम युरेनियमसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ परेको छ ।
जीतपुर सिमरा–७ को आदित्य होटेलबाट सशस्त्र प्रहरीको टोलिले युरेनियम सहित तीन जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल र नेपाल ईन्टेलिजेन्स ब्युरोको विशेष सुचनाका आधारमा सशस्त्र प्रहरी बल १२ नम्बर गण मातहतको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जीतपुर सिमरा –७ का रबि चौधरी, सागर चौधरी र रौतहट माधव नारायण नगरपालिका २ का बृज सहनी रहेको सशस्त्र प्रहरी बाराका प्रवक्ता अमरबहादुर खत्रीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्