
काठमाडौं । नेपाल टि २० लिगमा जनकपुर रोयल्सले शरद भेषावकरको कप्तानी रहेको पोखरा एभेन्जर्समाथि पाँच विकेटको सहज जित हात पारेको छ ।
पोखराको भने यो लगातार दोस्रो हार हो । जितकालागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले १७ दशमबल ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । त्यसअघि टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखरा १९.४ ओभरमा १ सय ३८ रनमा अल आउट भएको थियो ।
पोखरा पहिलो खेलमा काठमाडौं नाइट्ससँग २६ रनले पराजित भएको थियो । पोखराले मंगलबार लुम्बिन अलस्टार्ससँग खेल्ने छ । जनकपुरले सोमबार काठमाडौं नाइट्ससँग खेल्नेछ । लुम्बिनी २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ६ टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुने छ ।
यसअघि आजै भएको पहिलो खेलमा लुम्बिनी अल स्टार्सले लगातार दोस्रो जित निकालेको छ । लुम्बिनीले आज भएको खेलमा विराटनगर सुपर किङ्सलाई ३ रनले पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकालेको हो । यसअघि हिजो लुम्बिनीले फार वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको थियो । विराटनगरलाई पराजित गर्दै लुम्बिनीले आफूलाई बलियो टिमको रुपमा प्रस्तुत गरेको छ ।
१५८ रनको मध्यम चुनौति पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन मात्रै बनाएपछि लुम्बिनीले रोमाञ्चक जित निकालेको हो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५७ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्