
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ ।
आइतबार राति ट्वीटर मार्फत मोदीले प्रचण्डलाई बधाई दिंदै नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर रहेको बताउनुभएको हो ।
भारत र नेपालबीचको सम्बन्ध गहिरो विशिष्ट तथा सांस्कृतिक सम्बन्ध र जनताबीच न्यानो सम्बन्ध रहेको उल्लेख गर्दै मोदीले यो मित्रतालाई थप सुदृढ गर्न प्रचण्डसँग मिलेर काम गर्ने बताउनुभएको छ ।
यस्तै, चीनले पनि नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको छ । नेपालस्थित चिनियाँ राजदूतावासका कार्यबाहक राजदूत वाङ सिनले सामाजिक सञ्जाल मार्फत बधाई दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्