
एजेन्सी । भारतीय अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘सर्कस’ गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ ।
भारतीय सञ्चारहरुका अनुसार फिल्मले बक्स अफिसमा कमजोर व्यापार गरिरहेको छ । ७ करोड ७५ लाख भारुको ओपनिङ गरेको फिल्मले दोस्रो दिन ६ करोड ५० लाख भारु कमाएको छ ।
दुई दिनमा फिल्मले १४ करोड ५० लाख कमाएको छ । ज्याकलिन फर्नाडिज, पूजा हेगडे, संजय मिश्रासँग रणवीर सिंहको दोहोरो भूमिका हुँदा पनि फिल्मले राम्रो प्रदर्शन गर्न सकेन ।
भारतीय हलमा यतिबेला हलिउड फिल्म ‘अवतार २’ को दबदबा रहेको छ ।
कमेडी फिल्ममा रणवीर सिंह, पूजा हेग्डे, ज्याक्लीन फर्नान्डेज, जोनी लिवर, संजय मिश्र, वरुण शर्मा, सिद्धार्थ जाधव, मुकेश तिवारी, सुलभा आर्या, अश्विनी कल्सेकरलगायत कलाकारको अभिनय छ । फिल्ममा रणवीरसँग दीपिका पादुकोणको ‘करेन्ट लगाा’ गीतमा नृत्य पनि रहेको छ ।
रणवीरको पछिल्लो फिल्म ‘जयेशभाई जोरदार’ ले पनि बक्स अफिसमा कमजोर व्यापार गरेको थियो तर निर्देशक रोहित शेट्टीको पछिल्लो फिल्म ‘सूर्यवंशी’ भने हिट भएको थियो ।
प्रतिक्रिया दिनुहोस्