६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सिन्धुलीमा कोरियाबाट ल्याएका गाईहरू कृषकलाई वितरण


14.976k
Shares

सिन्धुली । दक्षिण कोरियाबाट ल्याइएका गाईहरू सिन्धुलीको कमलामाई नगरपालिका-५ का कृषकहरुलाई एक कार्यक्रमकाबीच वितरण गरिएको छ ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले नगरपालिका कृषकका लागि दक्षिण कोरियबाट साढे १७ करोड रुपैयाँ मूल्य बराबरका कोरेली बाछी र साढे कृषकहरुलाई वितरण गर्नुभएकाे हाे । उच्च गुणस्तरका कोरेली बाछी र साढे एशियन एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हेफर इन्टरनेसनल नेपाल र कोरियाको सहयोगमा स्थानीय गैरसरकारी संस्था सिड्स नेपालले वितरण गर्न सिन्धुली ल्याएको हो ।

हेफर इन्टरनेसनल नेपालका सञ्चार प्रवन्धक प्रविन गुरुङका अनुसार एउटा बाछीको मूल्य ३ हजार अमेरिकी डलर पर्छ । त्यस्तै एउटा साढेको मूल्य २ लाख डलर पर्छ । कोरियाका कृषकले नेपाललाई अनुदान-उपहार स्वरुप कुल १ सय १ वटा बाछी र २० वटा साढे दिएपछि ति गाईहरू सिन्धुलीमा ल्याइएका हुन् ।

केही समयअघि कमलामाई नगरपालिकाका प्रमुख पोखरेल र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव दिपककुमार खरेलबीच कोरिया सरकारले दिएको होलस्टिन जातको बाछी नगरपालिकाका कृषकलाई दिने निर्णय भएको थियो ।८१ वटा बाछी साेही नगरलिकाको ५ नम्बर वडाका कृषकलाई वितरण गरिने र गाईको पालन पोषणका लागि व्यवस्थित गोठ निर्माण भइसकेको जनाइएकाे छ ।