१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


तामाङ समुदायहरू आफ्नो संस्कृतिकाे संरक्षण गर्न जुट्दै


143
Shares

सिन्धुली । सिन्धुलीको विभिन्न स्थानमा विगत लामो समयदेखि बसोवास गर्दै आएका तामाङ समुदायहरुले आफ्नो संस्कृतिको संरक्षण गर्ने अभियानको थालनी गरेका छन् ।

जिल्लाको मरिण, हरिहरपुरगढी, घ्याङलेक र सुनकोशी लगायतका गाउँपालिकाहरुका विभिन्न बस्तीहरुमा बसोवास गर्ने तामाङ जातिले सरकारी तथा गैरसरकारी कार्यक्रमहरुमा तामाङ कला संस्कृति र भेष भूषाको प्रदर्शन गरी तामाङ संस्कृतिको जगेर्ना गर्न थालेका छन् ।

सिन्धुलीमा तामाङ जातिको कला संस्कृतिको संरक्षण गर्नका लागि माकुरीले जालो लगाएका पुराना डम्फुहरुको मर्मत सम्भार गरी तामाङ भाषा साहित्यको समेत संरक्षणको थालनी गरिएको छ । जिल्लाका तामाङ समुदायहरुले आफ्नो संस्कृति र जातीय पहिचान जोगानका लागि विभिन्न चाडपर्वहरुमा सामूहिक रुपमा मेला जाँदा तामाङ जुहारी खेल्ने गरेका छन् ।

धामी, झाक्रीहरुले ढ्याङग्रो, बजाएर देवीदेवको पूजा आजा गर्ने प्रचलन समेत रहेको छ । तामाङ भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा तामाङ भाषाका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो सांगीतिक कोसेसी प्रस्तुत गरी दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने कार्यलाई समेत महत्व दिन थालिएका छन् ।