१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रोजगारी सिर्जना गर्ने काममा लाग्न नयाँ सरकारलाई मन्त्री कुँवरको सुझाव


377
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपालमा नै रोजगारी सिर्जना गर्न नयाँ सरकारले आवश्यक काम गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार आफ्नो कार्यकालमा मन्त्रालयमा भएको प्रगति विवरण सार्वजनिक गर्दै उहाँले नेपालमा सबैभन्दा चुनौतिको विषय स्वदेशमा नै रोजगारी सिर्जना गर्नेकुरा रहेको बताउनुभयो । उहाँले अहिले देश वैदेशिक रोजगार र रेमिट्यान्समा रमाएको भएपनि यसबाट दिगो खुशी र समृद्धि नमिल्ने बताउनुभयो ।

मन्त्री कुँवरले स्वदेशमै रोजगारी सिर्जना गर्ने कुरालाई कर्मचारीतन्त्रले दूरदृष्टि राखेर काम गर्न आवश्यक रहेको बताउनुभयो । मन्त्री कुँवरले पुनः एकीकरणको कार्यक्रमबाट पनि रोजगारी सिर्जना गर्न सकिने र सामाजिक सुरक्षा कोषको दायरालाई बढाउँदा पनि नेपालमा रोजगारीको मात्रा सिर्जना हुने बताउनुभयो । उहाँले नेपालमा रोजगारी सिर्जना भएका ठाउँमा नेपाली श्रमिकहरु नहुनु दुःखद् भएको बताउनुभयो ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या दिनप्रतिदिन बढीरहेकाले उनीहरुको समस्या समाधान गर्न हिच्किचाहट नगर्न आग्रह गर्नुभयो । उहाँले आफू मन्त्रालयबाट बिदा भएको भएपनि सिंहदरबार र संसदबाट टाढा नरहने बताउनुभयो ।